logo
२०८१ मंसिर १३ बिहीवार



सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाटै हुन्छ मन्त्री ज्ञवाली

राष्ट्रिय |


सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाटै हुन्छ  मन्त्री ज्ञवाली


तिलाचन पाण्डे
तम्घास,पुस ११ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच देखिएको सीमा बिवाद समाधान गर्न कुटनैतिक तबरबाट प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवामा मदनआश्रीत स्मृति भबनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक, लिम्पीयाधुरा र कालापानीको सीमा बिबाद कुटनीतिक तबरबाट समाधान गर्नका लागि अगाडि बढेको बताउनुभयो ।
सीमा बिबाद समाधान गर्नका लागि नेपाल सरकारको तर्फबाट भारत सरकारलाई आधाकारिक पत्र पठाए पश्चात भारतले पनि पत्रको जवाफ पठाएको भन्दै उहांले बार्ता र कुटनैतिक तजरबाटै सीमा बिवाद समाधान हुने बिश्वास ब्याक्त गर्नुभयो ।
छिमेकी मुलुकहरुलाई चिढ्याएर नभई बार्ता र कुटनीतिक तबरबाट समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली भूमिमाथि कसैले पनि आँखा लगाउन नपाउने भन्दै नेपाली भूमि फिर्ता गराएरै छाड्ने मन्त्री ज्ञवालीले दाबी गर्नुभयो ।
मन्त्री ज्ञवालीले नेपालीको जिउ धनको सुरक्षा गर्ने सरकारको दायीत्व रहेको र सरकार शान्ति सुरक्षा कायम गर्नमा सक्षम रहेको पनि बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले पद र शक्तिको आडमा कसैलाई संरक्षण नहुने बताउनुभयो । उहाँले गल्ती गर्ने कसैलाई पनि सरकारले नछाडने दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?