गोरखापत्र अनलाइन
काठमाडौं,पुस १३ गते । प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेललाई नियन्त्रणमा लिएको छ । राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा निशेधाज्ञा तोड्न खोजेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले गजुरेललाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
माइतीघरमा उहाँहरुले गरिरहनु भएको प्रर्दशन संघीय संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले गजुरेलसँगै वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ गरेको हो । आइतबार प्रर्दशनीमार्गमा प्रर्दशनको तयारीमा रहेका विप्लप माओवादी निकट २७ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।