logo
२०८१ मंसिर १३ बिहीवार



युरो–६ पेट्रोल बिक्री गर्ने तयारी सुरु

राष्ट्रिय |


युरो–६ पेट्रोल बिक्री गर्ने तयारी सुरु


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस १७ गते । नेपालमा आगामी चैत्रदेखि उच्च गुणस्तरीय युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्रीका लागि तयारी सुरु गरेको छ । यसैअनुरूप इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसँगै युरो–६ पेट्रोल प्रयोगमा ल्याउन आयल निगमको डिपोमा अध्ययन थालेको छ । थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतिका लागि काम सुरु गरिएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार युरो–६ सञ्चालनपूर्व थप सुरक्षाको व्यवस्था गर्नुपर्ने छ । भण्डारण ट्याङ्की तथा पेट्रोल बोक्ने ट्याङ्करको सफाइ र डिपोमा अर्थिङ गर्नुपर्ने उहाँको भनाइ छ ।
युरो–६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ, भट्टराईको भनाइ छ । हाल नेपालमा मासिक ५० हजार किलोलिटर पेट्रोल, एक लाख ४० हजार किलोलिटर डिजेल र २२ सय किलोलिटर मट्टितेल खपत हुन्छ ।
भारतमा आगामी अप्रिलदेखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि लागू गर्न लागिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?