logo
२०८१ मंसिर ९ आईतवार



जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित

राष्ट्रिय |


जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित


नेत्र शाही जुम्ला

खलंगा पुष १८ गते । जुम्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रबार विहानैदेखी हिमपात भएको हो ।

हिमपातसँगै अत्याधिक चिसो बढेको छ । चिसोले कर्णाली यहाँको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् । ३ दिनदेखी वादल लागेको शुक्रबार जुम्लामा हिमपात शुरु हुन थालेपछि यातायात शैक्षिक संस्था प्रभावित भएका छन् ।

चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

सुरक्षित होऔं स्थानीय प्रशासन

यसैगरी चिसोले विभिन्न प्रकारका घटनाहरु हुनसक्ने भएकाले सुरक्षित हुन भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

प्रशासनले विहानै देखी जिल्ला भरी हिमपात भईरहेकाले वाटो चिप्लो हुने भएकाले सडक दुर्घटना हुन सक्दछ, चिसोमा ज्येष्ठ नागरिक वालवालिका आवश्यक काम बाहेक लामो यात्रामा नहिड्न अनुरोध गरिएको छ । सम्भावित विपतबाट सुरक्षित र न्यानो गर्न समेत अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?