logo
२०८१ मंसिर १३ बिहीवार



काँग्रेसले टुंग्यायो राष्ट्रियसभाका १६ उम्मेदवार

राष्ट्रिय |


काँग्रेसले टुंग्यायो राष्ट्रियसभाका १६ उम्मेदवार



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश दुईमा दुई पदका लागि समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । १८ सिटमध्ये शनिबार बसेको पदाधिकारी बैठकले १६ जनाको उम्मेदवारको नाम टुंगो लगाएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । काँग्रेस केन्द्रीय समितिको बैठकले उम्मेदवारको टुंगो लगाउन पदाधिकारीलाई जिम्मेवारी दिएको थियो ।
निर्वाचन आयोगको तालिका बमोजिम माघ ९ गते राष्ट्रियसभा सदस्यको मतदान हुनेछ । जसका लागि आइतबार मनोनयन दत्र्ताको समय तोकिएको छ । समाजवादी पार्टीले भने आफ्नो उम्मेदवारको टुंगो लगाएको छैन् ।
सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गरेको छ ।
नेपाली काँग्रेसका उम्मेदवारहरुको नामावली

प्रदेश नं १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं २
१. नगिना यादव (महोत्तरी) महिला
२.भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं.३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी
१.सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे ९अर्घाखाँची० अन्य
२. गिरिजा न्यौपाने ९दाङ० महिला
३. मेराज हलवाई (बाँके)अल्पसंख्यक÷अपाङ्गता
कर्णाली
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
सुदूरपश्चिम
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?