logo
२०८१ मंसिर १३ बिहीवार



राष्ट्रिय सभाः कर्णालीबाट ४ जना उम्मेदवार

राष्ट्रिय |


राष्ट्रिय सभाः कर्णालीबाट ४ जना उम्मेदवार



ललित बसेल
सुर्खेत, पुस २० गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतवार निर्वाचन अधिकृतको कार्यालयमा आ आफ्ना दलवलसहित पुगेर सत्तारुढ दल नेकपाबाट दुई जना र प्रतिपक्ष कांग्रेसबाट दुई जना गरी कूल चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपाका तर्फबाट मायाप्रसाद शर्मा र सुमित्रा विसी तथा कांग्रेसका तर्फबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शर्माको प्रस्तावमा प्रदेशसभा सदस्य करवीर शाही र समर्थकमा प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट रहनुभएको छभने विसीको प्रस्तावकमा प्रदेशसभा सदस्य देवी ओली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल रहनुभएको छ ।
यस्तै कांग्रेसका उम्मेदवार पाठकको प्रस्तावमा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र समर्थक प्रदेशसभा सदस्य यज्ञ विसी तथा बस्नेतको तर्फबाट प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा र समर्थकमा पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा रहनुभएको छ ।
मनोनयन दर्तापछि नेकपाबाट उम्मेदवारी दिनुभएका मायाप्रसाद शर्माले कर्णालीको समृद्धिको लागि पहल गर्ने बताउनुभयोभने सुमित्रा विसीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने अभियानमा पहल गर्ने जनाउनुभयो ।
यस्तै कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएका डिल्लीराम पाठकले वर्तमान सरकारको मनोमानी रोक्न तथा विकास निर्माणका काममा पैरव ीगर्न आफ्नो भूमिका रहने बताउनुभयोभने बस्नेतले पार्टीले मूल्यांकन गरेर उम्मेदवार बनाएकोले पार्टी तथा जनताको इच्छा अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार अर्यालले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णालीमा १९८ जनाले मतदान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १५८ र प्रदेशसभा सदस्य ४० गरी कूल १९८ जनाले मतदान गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?