logo
२०८१ मंसिर १३ बिहीवार



गण्डकी प्रदेश: राष्ट्रियसभा सदस्य लागि पाँच जनाको मनोनयन

राष्ट्रिय |


गण्डकी प्रदेश: राष्ट्रियसभा सदस्य लागि पाँच जनाको मनोनयन



कास्की समाचारदाता
कास्की, पुस २० गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा पाँच जनाले मनोनयन दर्ता गरेका छन् । जिल्ला निर्बाचन कार्यालय कास्की पोखरामा स्थापना गरिएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा गएर आफनो मनोनयन दर्ता गरेका हुन । गण्डकी प्रदेशमा अन्य एक र महिला एक गरि दुई सदस्यका लागि निर्बाचनमा हुन लागेको हो । मनोनयन दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई, नेपाली काँग्रेसका २ र राष्ट्रिय जनमोर्चाका एक जना रहेका छन् । यस अगिाडि २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित सुरेन्द्रराज पाण्डे र विन्दा देवी रानामगरको दुई वर्षे अवधी सकिन लागेसँगै रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो ।
अन्यतर्फ एक सिटका लागि हुन लागेको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट सुर्यप्रसाद रेग्मी र राष्ट्रिय जनमोर्चाबाट शंकरप्रसाद बरालले उमेदवारी दर्ता गर्नुभएको छ । यस्तै महिलातर्फ एक सिटका लागि हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट भगवती न्यौपाने र नेपाली काँग्रेसबाट विमला गौचनले उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य चयनका लागि आउँदो माघ ९ गते हुने निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका प्रमुख र उपप्रमुख १७० जना गरी कुल २३० जनाले मतदान गर्नेछन् । उम्मेदवार मनोनयन पछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रमेत रहनुभएका श्रेष्ठले पाटीले आफुलाई आवश्यक ठानेर उम्मेदवार वनाएको बताउनुभयो ।

उपयूक्त व्यक्ति सभामुख - प्रवत्ता श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफनो पार्टीले अगाडि बढाएको आर्थिक क्रान्ति र समृद्धिको संकल्पलाई संसदीय भुमिकामा रहेर भुमिका खेल्न पठाएको बताउनु भएको छ । प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले देश र जनताको पक्षमा लगातार सँघर्ष गदै आएकोले पार्टीले आवश्यक ठानेर नयाँ भुमिकामा रहेर काम गर्न जिम्ेमवारी दिएको बताउनुभयो ।
नेकपाले पाँच वटा योजना बनाएर अगाडी बढेको भन्दै श्रेष्ठले पार्टीको सांगठनिक एकिकरणको काम सकिएको र केही बाँकी रहेका कामलाई छिट्टै पुरा गरेर गतिशिल बनाइनेगरी अगाडी बढेको बताउनुभयो । पार्टी प्रवक्ता श्रेष्ठले पार्टीको राजनीतिक प्रतिवेदन तयार गदै राजनीतिक लाइन स्पष्ट पार्ने गरी नेकपा अगाडी बढेको बताउनुभयो ।
पार्टीको महाधिवेशन २०७७ सालमा गर्नेगरी अगाडी बढेको भन्दै श्रेष्ठले स्थायी समितिको बैठकले जिल्ला अधिवेशन, प्रदेश र तल्ला कमिटिको अधिवेशन गर्ने र २०७७ सालमा राष्ट्रिय महाधिवेशन गर्ने योजना बनाउने बताउनुभयो । सभामुख चयन गर्दा तल्कालिन एमाले र माओबादी भन्ने नहुने सबैलाई मान्य हुने व्यक्तिलाई सभामुख बनाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?