logo
२०८१ मंसिर १३ बिहीवार



सांस्कृतिक झाँकी सहित मनाइयाे माघी तथा मकर सङ्क्रान्ति (फोटो फिचर)

राष्ट्रिय |


सांस्कृतिक झाँकी सहित मनाइयाे माघी तथा मकर सङ्क्रान्ति (फोटो फिचर)


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १ गते । नेपालका थारु जातिको २६४३ औं नयाँ वर्ष बुधबार राजधानीमा विभिन्न झाँकीसहित मनाइयाे । मकर संक्रान्तिको दिनमा पर्ने यो नयाँ वर्षलाई थारु समुदायले माघी पर्वको रुपमा पनि मनाइने गर्दछन् ।
माघ १ गतेका दिन आ–आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गरी मनाउने गर्दछन् ।
यसै अवसमार काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा भेला भएर माघ १ को खुशियाली मनाएका छन् । आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरेका थिए । टुँडिखेलमा थारु समुदायको परिकार पनि राखिएका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार विहान आ–आफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित ¥याली निकालेका थिए ।
माघी पर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुभएको थियो ।
यसैगरी, मगर समुदायले पनि यस दिनमा आफ्नै रहनसहनसहित यो पर्व मनाएका छन् ।
पर्व मनाउन उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानीमन्त्री वीना थापामगर टुँडीखेल पुग्नुभएको थियो । तस्बिर–विकास द्वारे, सागर बस्नेत


777

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?