logo
२०८१ मंसिर १३ बिहीवार



लागूऔषध प्रयोगकर्तालाई परामर्शको खाँचो छ– आईजीपी खनाल

राष्ट्रिय |


लागूऔषध प्रयोगकर्तालाई परामर्शको खाँचो छ– आईजीपी खनाल


दिपकप्रसाद गौतम
वीरगञ्ज , माघ २ गते । वीरगञ्जमा लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको बिहीबार उद्घाट्न गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिनुपर्ने बताउनुभएको छ ।

लागु औषध प्रयोगको रोकथाम र नियन्त्रणका लागी वीरगञ्जमा स्थापित कानुनी तथा मनोसमाजिक निशुल्क परामर्श केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गर्दै महानिरिक्षक खनालले लागु औषधको प्रयोग र कारोबार बढदै गएको अवस्थामा सिमा क्षेत्रमा स्थापना गरिएको यस केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको बताउँदै प्रहरी महानिरीक्षक (आईजीपी) खनालले भन्नुभयो ‘लागू औषधले विकराल रुप लिइसक्यो, छोरा छोरी कुलतमा लागेका छन्, अभिभावक, शिक्षकले यो विषयलाई अगाडि आएर भन्न सकेका छैनन् । अर्कोले के भन्ला भन्ने डर भएको छ । उनीहरुको उद्धार गर्नुपर्छ । अभिभावक मुख खोलेर आउनुपर्छ ।’

समुदायको सहयोग विना प्रहरीको एक्लो प्रयासले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्भव नहुने बताउँदै महानिरीक्षक खनालले भारतसंगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसार पसारमा वृद्धि भएको जनाउनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी समुदाय र महानगरको सामुहिक प्रयास जरुरी रहेको धारणा व्यक्त गर्नु भयो ।
लागू औषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका नीजि केन्द्रहरुमा चर्को शुल्क रहेको बताउदै नगर प्रमुख सरावगीले निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने बनाउनु भयो ।

कार्यक्रममा पर्साका निमित प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पतालका डा. आकाश मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसैबिच वीरगञ्ज उद्योग वाणिज्य संघले उपलब्ध गराएको एकथान सवारी सधान प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनाल, वीरगञ्ज उद्योग वाणिज्य संघ परिसरमा पुगी आदर्शनगर प्रहरी चौकीका प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?