logo
२०८१ मंसिर १३ बिहीवार



राजकुमारी एस्ट्रिडद्वारा भक्तपुरका सम्पदास्थलको भ्रमण

राष्ट्रिय |


राजकुमारी एस्ट्रिडद्वारा भक्तपुरका सम्पदास्थलको भ्रमण


गोरखापत्र समाचारदाता
भक्तपुर, माघ ७ गते । बेल्जियमकी राजकुमारी एस्ट्रिडले मङ्गलबार भक्तपुर दरबार र टौमढी क्षेत्रको सम्पदास्थल भ्रमण गर्नुभएको छ । सातदिने नेपाल भ्रमणमा आउनुभएका राजकुमारीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा नेपाली थैली र ढाकाको शल लगाई स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति खुसी व्यक्त गर्नुभयो ।
राजकुमारीका साथ आएको टोलिलाई साँस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दैै प्रमुख प्रजापतिले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार नगरपालिकाले गरिरहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबारस्थित तलेजु मन्दिर परिसर, पचपन्न भ्mयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, वत्सलादेवी मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरवनाथ मन्दिर लगायतका पुरातात्विक तथा ऐतिहासिक स्थानको अवलोकन गरेको थियो । भ्रमणको क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच अवलोकन गर्नुभयो ।
प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि बेल्जियमका राजदूत एवम् सल्लाहकार जान माथिसेन लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?