गोरखापत्र अनलाइन
काठमाडौ, माघ २८ गते । सुजन पौडेल उर्फ रमेश बाहुनलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार ऐनअनुसार सजाय सुनाएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
न्यायाधीश नवराज दाहालको इजलासले पौडेललाई कैद र जरिवानाको सजाय तोकेको हो । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको बताएको थियो ।