logo
२०८१ मंसिर ८ शनिवार



काष्ठकला कुँद्दाको आवाजले तान्दै पर्यटक

राष्ट्रिय |
पर्यटन |


काष्ठकला कुँद्दाको आवाजले तान्दै पर्यटक


शिवा तामाङ

ललितपुर, फागुन ६ गते । पाटन सङ्ग्रहालयभित्र मूलचोकमा प्रवेश गर्ने वित्तिकै टाक...टाक...टुक...टुक... गर्ने आवाजले आगन्तुकको ध्यानाकर्षण गर्छ । त्यो आवाज भने अठारौंँ शताब्दीमा निर्मित हरिशङ्कर मन्दिरको पुनर्निर्माणको सिलसिलामा कालीगढ (काष्ठकर्मी)हरूको हो ।
आवाज विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको पाटन दरबार क्षेत्रमा अवस्थित उक्त मन्दिर पुनर्निर्माणका क्रममा काठमा बुट्टा कुँद्दाको हो । आवाज रेकर्ड गरी हेर्ने र सुन्ने व्यवस्थासहितको नौलो प्रयोगले त्यहाँ पुग्नेको ध्यानाकर्षण गरिरहेको छ । श्रव्यदृश्य सात घण्टा ४५ सेकेन्डको छ । काठमाडौँ भ्याली प्रिजरभेसन ट्रस्ट र गेर्डा हैकल फाउन्डेसनको सहयोगमा काष्ठकर्मी पुष्पलाल शिल्पकार र हरिप्रसाद शिल्पकारको मेहनत र सीपलाई दृश्य र आवाजसहित विसं २०७२ देखि २०७६ सम्म रेकर्ड गरिएको थियो ।
पाटन सङ्ग्रहालय परिसरमै बनाइएको काठको अस्थायी कार्यशालामा शिल्पकारहरूको कामलाई उच्च प्रविधियुक्त माइक्रोफोनको सहायताले रेकर्डिङ गरी श्रव्यदृश्य तयार पारिएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । सङ्ग्रहालयमा नौलो प्रयोगका रूपमा राखिएको उक्त श्रव्यदृश्यले काष्ठकलाका बारेमा जानकारी दिन्छ । पुनर्निर्माणका क्रमको सानो झल्को विदेशी पर्यटकलाई पनि देखाउन सकिने उहाँले बताउनुभयो । “यतिबेला नेपाल भ्रमणका लागि आउने पर्यटकको चासो भनेको नेपालमा पुनर्निर्माण कसरी भइरहेका छन् भन्ने पनि हो,” उहाँले भन्नुभयो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा उक्त श्रव्यदृश्य कक्ष र पाटन दरबार क्षेत्रको मन्दिरको पुनर्निर्माण गर्दा मन्दिरमा प्रयोग गर्न नमिल्ने खालका र ऐतिहासिक महìवका विविध बुट्टासहितका काठका टुक्रा, टँुडाल राखिएका कक्ष पनि सङ्ग्रहालयमा थपिएका छन् । पाटन दरबार क्षेत्रका चारनारायण मन्दिर, कृष्ण मन्दिर र हरिशङ्कर मन्दिर पुनर्निर्माण गर्दा प्रयोग गर्न नमिल्ने पुराना तर ऐतिहासिक काठका बुट्टालाई पनि सङ्ग्रहालयमा आउने आगन्तुकले हेर्न सकून् भनेर नष्ट नगरी प्रदर्शनीमा राखिएको सङ्ग्रहालयले
जनाएको छ ।
करिब दुई हजार वर्ष अगाडिदेखि मानव बसोबास रहेको ऐतिहासिक धार्मिक र पुराताìिवक महìवको पाटनलाई वल्र्ड क्राफ्ट काउन्सिलले सन् २०१८ मा वल्र्ड क्राप्ट सिटीका रूपमा घोषणा गरेको थियो । ललितपुर नगरपालिकास्थित पाटन सङ्ग्रहालय आफैँमा काष्ठकलाको अद्वितीय नमुना हो । पाटन क्षेत्रमा काष्ठकला, धातुकला लगायतको नमुना क्षेत्रमा प्रदर्शन गरिएको सो श्रव्यदृश्यले पुस्तान्तरण मात्र हुँदै आएको काष्ठकलालाई जीवन्त राख्ने प्रयास गरेको अधिकृत लाखे बताउनुहुन्छ ।
ललितपुर नगरपालिकाले पाटन क्षेत्र प्रवेश गर्ने पर्यटकका लागि एकद्वार प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गर्दै आएको छ । सार्क मुलुकका पर्यटकका लागि २५० रुपियाँ र अन्यलाई एक हजार रुपियाँ शुल्क तोकिएको छ । उक्त नगरपालिका प्रवेश गर्दा लिइएको शुल्कबाटै पाटन सङ्ग्रहालयको भ्रमण गर्न सकिन्छ ।
साथै सो शुल्कबाट अशोक स्तूपा, कुम्भेश्वर, ओकुबहाल र मच्छिन्द्रबहाललगायत पाटनका महìवपूर्ण आठ स्थानको भ्रमण गर्न सकिन्छ । गत आर्थिक वर्षमा पर्यटन शुल्कबाट १२ करोड २८ रुपियाँ सङ्कलन भएको ललितपुर नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?