logo
२०८२ भाद्र १६ सोमवार



हरित नगर अभियानमा तिव्रता

राष्ट्रिय |


हरित नगर अभियानमा तिव्रता


नागेन्द्रकुमार कर्ण

जलेश्वर, फागुन ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरलाई हरित, स्वच्छ तथा सुन्दर बनाउने कार्यक्रम अन्तर्गत ‘ग्रिनिङ्ग द जलेश्वर’ अभियानमा तिव्रतासंगै स्थानीयबासीहरुबीच यस सम्बन्धमा वहस समेत शुरु भएको छ ।

स्थानीय समुदायको सहभागितामा जलेश्वर नगरपालिका, प्रदेश सभा संसदीय विकास कोष तथा युएनडिपीको आर्थिक सहयोग तथा समन्वयमा सामुदायिक विकास पैरवी मञ्च नेपाल बर्दिबासको प्राविधिक सहयोगमा यो अभियानको शुरुवात गरिएको हो । अभियानअन्तर्गत जलेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा डिभाइडरसहित फुल फुल्ने र नफुल्ने दुवै जातका विरुवाहरुको रोपाई शुरु भएको हो । जलेश्वरमा वृक्षारोपणसहितको स्वच्छ, सुन्दर अभियान गर्ने क्रममा नगरबाहिर क्षेत्रमा धमाधम काम भइरहे पनि नगरभित्र यसमा विवाद देखिएको छ ।

स्थानीय व्यापारीहरुले बटुवालाई हिडने सडक नै मासिने गरी डिफाइडरसहितको वृक्षारोपन गरिएको भन्दै यसमा रोक लगाएको छ । जसको कारण दुर्गाचोकदेखि शंकर चोकसम्म जाने सडकको उत्तरपट्टी बुक्षारोपणको कार्य शुरु गरिएको छ भने दक्षिण तर्फ अवरुद्ध रहेको छ ।
जलेश्वरका युवा राकेशप्रसाद चौधरीले गलत रुपमा सडकपेटी नै छोपिने गरी हरित अभियान ल्याएको वताउनुहुदै सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिले राखिएको डिफाइडर एक फिट मात्रै पछाडि गरिदिएको भए वटुवालाई पनि हिडन सजिलो हुन्थयो भने यो अभियानमा पनि सघाउ पुग्ने बताउनुभयो । उहाँले विवाद भन्दा पनि सहजिकरणको अभाव देखिएको बताउनुहुदै सबै बसे समस्याको समाधान हुने र जलेश्वर नगर हरित नगर बन्ने वताउनुभयो ।
अभियान अन्तर्गत गुल, मोहर, राजबृक्ष, कपुर, पारिजात, निम, समी, श्रीखण्ड, रुद्राक्षसहितका ११ प्रजातिका विरुवाहरु लगाइने सामुदायिक विकास तथा पैरवी मञ्चका संयोजक नागदेव यादवले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम अन्तर्गत जलेश्वरको वडानं. १, २, ३, ६, ८ र ९ अन्तर्गतका सडकहरुमा निर्माण गरिएको डिभाईडर भित्र र सडकको अन्य छेउहरुमा समेत गरी करिब १६ किलोमिटर क्षेत्रमा वृक्षारोपन हुने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
हरियाली वृद्वि ,सरसफाई तथा स्वच्छता र सुन्दरता वढाउनको लागि भविष्यमा वढी महत्व राख्ने जातका स्वस्थ्य, गुणस्तर तथा स्तरिय उचाई भएको ११ प्रजातिका करिब ३५ सय विरुवा लगाई त्यसको संरक्षणको लागि घेरा समेत लगाइने जानकारी दिनुहुदै उहाँले भन्नुभयो, ‘अभियान अन्तर्गत धेरै ठाउँमा घेरा लगाइसकिएको छ भने धेरै ठाउँमा वृक्षारोपन समेत गरिसकेका छौं, विवाद भएको ठाउँमा हाम्रो प्रयास जारी छ ।’

उहाँल्े कार्यक्रम अन्तर्गत नै उज्यालो वढाउनको लागि सडकको डिभाईडर भित्र स्ट्रिट सोलार लाईट जडान गर्ने तथा फोहरमैला व्यवस्थापनका लागि आवश्यक डष्टविनहरु समेत उपलब्ध गराइने जनाइएको छ ।
असोज १ गते मंगलबार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जलेश्वर नगरपालिका वडानं. ९ आगेपुरमा वृक्षारोपन गर्नुहुदै सो अभियानको शुरुवात गर्नुभएको थियो । परियोजनाको लागि यूएनडिपिवाट १ करोड ९ लाख ९९ हजार ९ सय ५ रुपैया, जलेश्वर नगरपालिकावाट १ करोड ६५ लाख ५० हजार रुपैया र प्रदेश सभा सांसद विकास कोषवाट ५६ लाख रुपैया गरी जम्मा ३ करोड ३१ लाख ४ हजार ९ सय ९० रुपैयाको वजेट स्वीकृत भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?