logo
२०८१ बैशाख १२ बुधवार



नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारकाे प्रयास

राष्ट्रिय |


नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारकाे प्रयास


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित प्रथम भरतमोहन अधिकारी स्मृति कार्यक्रममा सम्बोधन सकेर बस्दै गरेका उहाँमाथि जुत्ता प्रहार भएको बताइएको छ ।

तर उहाँसम्म उक्त जुत्ता पुग्न सकेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई अध्यक्ष प्रचण्डका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

उक्त व्यक्ति कार्यक्रममा उपस्थित रतन तिरुवा भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?