logo
२०८२ भाद्र २३ सोमवार



देउवाद्वारा थप सात विभागका प्रमुख नियुक्त

राष्ट्रिय |


देउवाद्वारा थप सात विभागका प्रमुख नियुक्त


गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन १९ गते । पार्टीमा आन्तरिक मतभेद कायमै रहँदा नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले पार्टीका थप ७ वटा केन्द्रीय विभागका प्रमुख तोक्नु भएको छ ।
थपिएका विभागका प्रमुखमा एन.पी. साउद शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपाने महिला विभाग, केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेत खेलकूद विभाग, बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाल शिक्षा विभाग प्रमुख तोकिनु भएको छ ।
सभापति देउवाले फागुन १७ गते १३ वटा विभागका प्रमुख तोक्नु भएको थियो । पार्टीको विधान अनुसार २८ वटा र हालैको केन्द्रीय कार्यसमितिको बैठकले विभागको संख्या २८ बाट बढाएर ४८ पु¥याएको छ । विधान अनुसार सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि पार्टीले एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
पार्टीको १३ औं महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि गठन गर्नु महाधिवेशनलाई प्रभाव पार्ने खेल भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतले विरोध गर्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?