logo
२०८२ भाद्र २४ मंगलवार



सुकुटे जलबिहार हब बनाउन सभामुखको आग्रह

राष्ट्रिय |


सुकुटे जलबिहार हब बनाउन सभामुखको आग्रह
सुकुटे महोत्सवको समापनमा धाराणा राख्नु हँुदै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा । तस्बिर - चित्र मिजार



चित्र मिजार
सिन्धुपाल्चोक, फागुन २० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जलयात्रा र रिर्सोटले चिनिने सुकुटेलाई जलविहारको हब बनाउन सम्बद्धपक्षलाई सुझाव दिनुभएको छ ।

सुकुटेमा १७ गते देखि २० गते सम्म चलेको महोत्सव समापनमा सम्बोधन गर्दै सभामुख सापकोटाले पर्यटकलाई सुनकोशी नदीमा जलयात्रा गराएर र रिर्सोटहरुमा स्थानीय उत्पादनका कृषिजन्य पदार्थ उपयोग गराए समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।

सभामुख सापकोटाले स्थानीय सरकारलाई सुनकोशी नदी संरक्षणमा लाग्न आग्रह पनि गर्नुभयो ।

नदीमा अनाधिकृत तरीकाले उत्खनन् भईरहेकाले कुरुप भएकोमा दुःख व्यक्त गर्नुहुँदै जलबिहार गराएर मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?