मुना हमाल
सुर्खेत, फागुुन २१ गते । सुुर्खेतमा यात्रुुबाहक जीप दुुर्घटना हुुँदा मृत्युु भएका तीनजनाको सनाखत भएको छ । दुर्घटनामा चिनगाड गाउँपालिका ६ का देव बहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिकाका खड्कबहादुर बिसी र उहाँकी श्रीमती गोमा बिसीको मृत्युु भएको छ ।
दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला–धरमपोखरा सडकखण्ड पर्ने राउटे गल्छेनामा दुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुुर्घटनामा परी चार जना घाइते भएका छन् । कार्यालयका डिएसपी रवि रावलले चिनगाड गाउँपालिका ६ का दुुर्गाबहादुर गाहा, चन्द्रा गाहा, जीपका साहुु वीरेन्द्रनगर ६ का नरे नेपाली र वीरेन्द्रनगर १६ का लक्ष्मी ज्ञवाली घाइते हुुनुु भएको जानकारी दिनुुभयो ।
घाइते मध्ये दुुर्गाबहादुर गाहाको अवस्था सामान्य रहेको र अन्यको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । डिएसपी घाइतेहरुको वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको जानकारी दिनुुभयो ।
जीपमा सातजना सवार रहेका थिए । जीप सडकबाट करिब चारसय मिटर तल खसेको थियो । जीप अनियन्त्रित भइ दुुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।