logo
२०८२ भाद्र २४ मंगलवार



तराई र भित्री मधेसमा होली पर्व मनाइयाे (फाेटाे फिचर)

राष्ट्रिय |


तराई र भित्री मधेसमा होली पर्व मनाइयाे (फाेटाे फिचर)
तस्विरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । नेपालको तराई र भित्री मधेसमा होली पर्व मंगलबार विशेष रुपमा मनाइएको छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार फागुन पूर्णिमाको दिन होली पर्व मनाइएको एकदिनपछि यस क्षेत्रमा होली पर्व मनाइन्छ ।

 सबै उमेर समूहका मानिसहरु सडकमा आएर भाइचारा, सद्भावना र मित्रताको लागि विभिन्न प्रकारका रङ्ग, अविर दलेर होली पर्व मनाइएको थियाे । प्रदेश नम्बर २ ले होली पर्वको खुशियालीमा मगंलबार र बुधबार दुईदिन सार्वजनिक विदा समेत दिएको छ ।

तस्बिरः सागर बस्नेत 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?