logo
२०८२ भाद्र २५ बुधवार



नेपालमा कोरोना भित्रन नदिन सरकार गम्भीर छ -डा.भट्टराई

राष्ट्रिय |


नेपालमा कोरोना भित्रन नदिन सरकार गम्भीर छ -डा.भट्टराई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ५ गते । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले सरकारले नेपालमा कोरोना भाइरस संक्रमण भित्रन नदिने गरि काम गरिरहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा सम्बाद चौतारीले आयोजना गरेको कार्यक्रमा बोल्र्दै सल्लाहकार डा. भट्टराईले कोरोना संक्रमण भित्रिहाले पनि त्यसको लागि आवश्यक पर्ने तयारीको साथ सरकारले काम अगाडि बढाइरहेको बताउनुभयो ।
सरकारले कोरोनाको विषयलाई ख्याल गर्दै हस्पिटल व्यावस्थापनको तयारीदेखि आवश्यक पर्ने सबै काममा गम्भिरतापूर्वक लागेको भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा पत्रकारले सोधेको पश्नमा उहाँले प्रधानमन्त्री नियमित जीवनमा आफना काम गरिरहनुु भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री चिकित्सकको सल्लाह र अनुमति अनुसार दैनिक क्रियाकलाप गरिरहनु भएको सल्लाहकार उहाँले स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री स्वयं आफ्नो शरीरमा संक्रमण हुन नदिन सतर्कत र सचेत रहनु भएको समेत बताउनुभयो ।
साथै उहाँले विश्वमा फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर गर्छ भन्ने विषयमा अर्थमन्त्रालयले अध्ययन गरिरहेको र पछि रिर्पोट बनाए पछि काम अगाडि बढाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?