logo
२०८२ भाद्र २५ बुधवार



विश्व बैङ्कको थप १४ अर्ब सहयोग

राष्ट्रिय |


विश्व बैङ्कको थप १४ अर्ब सहयोग


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ६ गते । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को पहिचान र निरोधका लागि विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले थप १४ अर्ब डलर सहायता बढाएको छ । यो सहायताले राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार, निदान र निजी क्षेत्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
आईएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड–१९ सम्बन्धी सहयोग यसअघिको छ अर्ब डलरबाट वृद्धि गरी आठ अर्ब डलर पु¥याउनेछ । आईएफसीको सहयोग कोभिड–१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र त्यसका कर्मचारीका लागि हो । आईएफसीले उपलब्ध गराउने वित्तीय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैङ्किङ संस्थामार्फत परिचालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?