logo
२०८१ मंसिर १२ बुधवार



बाराका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट नेगेटिभ

राष्ट्रिय |


बाराका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट नेगेटिभ


शिवशंकर मिश्र 
बारा, बैशाख २९ गते । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका बाराका दुई जना पुरुषको सम्पर्कमा आएका ७८ जनामा संक्रमण नभई उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा उनिहरुको रिपोर्ट नेगेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । पहिलो चरणमा गत बैशाख २० गते सङ्क्रमितको परिवारका सदस्यलगायत दैनिक सम्पर्कमा रहने सात जनाको परीक्षण गरिएको थियो ।

बाँकी ७१ जनाको परीक्षण रिपोर्ट भने आज सार्वजनिक भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।  कोरोना सङ्क्रमित जीतपुरका ४३ वर्षीय पुरुष र सिम्रौनगढ घर भई ईनर्वासिरामा बस्दै आएका मदर्साका धर्मगुरु मौलानाको सम्पर्कमा आएका ७९ जनाको पहिचान गरी स्वाब सङ्कलन गरिएकोमा एक जनाको स्वाब सङ्कलनमै त्रुटी भएकाले परीक्षण हुन नसकेको उहाँले बताउनुभयो ।

सम्पर्कमा आएकाहरूमध्ये परिवारका सदस्यसहित छ जनालाई सिमरास्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको र एक जनालाई वीरगञ्जको चिनी मिलस्थित रहेका सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको छ । बाँकी ७२ जना भने, होम क्वारेन्टाईनमा बस्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?