logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए

राष्ट्रिय |
प्रदेश |


सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए


दीपक ज्ञवाली
बुटवल वैशाख २९ गते । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ काेराेना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरु सबै भारतको मुम्बइ शहरबाट आएका र लुकीछिपी नेपाल प्रवेश गरेका थिए । तर, उनीहरूको यात्रा विवरण भने फरकफरक छ ।

कपिलवस्तुमा सोमबार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको संख्या २१ पुगेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण् पौडेलका अनुसार यसमध्ये बुद्धभूमि नगरपालिकाका ४ जना र यशोधरा गाउँपालिकाका १२ जना छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सीमासम्म रेल र मालबाहक ट्रकमा आएका थिए । त्यसपछि यशोधरा गाउपालिकामा रहेको मर्यादपूर नाकाबाट रातिको समयमा लुकेर स्वदेश छिरेका थिए । बुद्धभूमिका ४ जना नै घर नगई सिधै क्वारेन्टाइनमा आएका थिए । यशोधरा गाउपालिकाका सङ्क्रमित भने घरमा गएको घरमा २ देखि ३ दिन बसेको र स्थानीयले थाहा पाएपछि जनप्रतिनिधि हुँदै स्वास्थयकर्मीले क्वारेन्टाइनमा लगेका थिए । उनीहरू वैशाख २४ र २५ क्वारेनटाइनमा आएका हुन् ।


रुपन्देहीमा सोमबार ६ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । यससँगै जिल्लामा सङ्क्रमितको संख्या ७ पुगेको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सम्मरीमाई गाँउपालिकाका ७ का चार र लुम्बिनी सांस्कृतिक नगरपालिका ६ दुई जना रहेको रुपन्देही स्वास्थ्य प्रमुख राजेन्द्रकुमार गिरीले बताउनुभयो ।

उनीहरु २४ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । स्थानीय तहले दिएको प्रारम्भिक जानकारीअनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सिमासम्म रेल र ट्रकमा आएका उनीहरू रातिको समयमा लुकीछिपी नेपाल प्रवेश गरेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिका व्यक्ति कक्रहवा नाका नजीक र मर्चवार क्षेत्रबाट लुकीछिपी आएका हुन् । सीमाबाट सिधै घर आएका उनीहरूलाई गाउँलेहरूले थाहा पाएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइमा राखिएको हो । रुपन्देहीमा भारतबाट आएका एक सय ७४ जनाको गएको शनिबार स्वाब सङ्कलन गरेर काठमाडौँ पठाइएको थियो । त्यसमध्ये ४१ जनाको परीक्षण गर्दा ६ जना सङ्क्रमित भेटिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?