logo
२०८१ मंसिर १४ शुक्रवार



काठमाडौँ भित्रन र बाहिरिन कडाइ गर्दै प्रशासन

राष्ट्रिय |
फिचर |


काठमाडौँ भित्रन र बाहिरिन कडाइ गर्दै प्रशासन


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३२ गते । काठमाडौँ उपत्यकाभित्र प्रवेशका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास अनुमतिपत्र अनिवार्य गरिएको छ । यसरी उपत्यकामा व्यक्तिगत कामका लािग अाउने भएका जुन नगरपालिकामा बसाेबास छ साे नगरपालिकाले दिएकाे अनुमति पत्र लिएर यात्रा शुरू गर्ने जिल्ला प्रशासन कार्यालयबाट पास लिन सकिने छ । त्यस्तै सरकारी काम वा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयकाे सिफारिसपत्र सहित पासका लागि अवेदन दिनु पर्ने व्यबस्था छ । 
कोभिड–१९ सङ्क्रमण महामारीको जोखिमबाट उपत्यकालाई सुरक्षित राख्न उपत्यकाबाट बाहिर जाने र प्रवेश गर्नेहरूका लागि सवारी पास अनिवार्य गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतबार विज्ञप्ति जारी गरी उपत्यका प्रवेशमा थप कडाइ गरिएको जनाएको छ । असार १ गते सोमबारबाट उपत्यकामा भने जोर–बिजोर सवारी लागू भएको छ ।
उपत्यकामा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिएसँगै बाहिरी जिल्लाबाट असुरक्षित आगमन बढ्ने भएकाले कोभिड–१९ को जोखिम कम गर्न यस्तो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार, उपत्यकामा सरकारले तोकिएकाबाहेक सार्वजनिक यातायात तथा भाडाका सवारी साधनहरू सञ्चालन हुने छैन्न । उपत्यकाभित्र गुड्ने सवारीको पास पनि खारेज गरिएको छ ।
त्यस्तै, व्यक्तिगत तथा अत्यावश्यक कामले बाहिर जानुपरेमा प्रयोजन खुल्ने कागजपत्र पेश गरी उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयहरूबाट सवारी पास लिएर यात्रा गर्न सकिने छ ।
काठमाडौँ उपत्यका छाडेर जान र उपत्यका भित्रने सवारीहरूको लागि जारी गरेको सूचनामा अब काठमाडौँ उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने र सरकारी सवारी साधन भएमा सम्बन्धित संस्थाको सिफारिस पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने भएको छ ।

उपत्यका फर्किनका लागि काठमाडौँ उपत्यकाका नगरपालिकाको अनुमति लिनुपर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारले समेत अनुमति दिनुपर्ने भएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट जारी बन्दाबन्दी कायमै रहेको अवस्थामा असुरक्षित यात्राले जोखिम बढ्दै गएको छ । असार १ गतेबाट सरकारी तथा गैरसरकारी कार्यालयहरू आंशिकरुपमा सञ्चालनमा आउनेछन् ।

दुईपाङग्रेमा चालक मात्र निर्णय सच्चियो
सार्वजनिक यातायात र भाडाका सवारी साधनहरू अर्को निर्णय नभएसम्म सञ्चालन हुने छैन्न । निजी सवारी साधनहरू भने सोमबारबाट जोर–बिजोर लागु हुनेछ ।
सरकारले कार–जीपमा चालकसहित तीन जना र मोटरसाइकल तथा साइकलमा चालक मात्र हुनुपर्ने निर्णय गरेको थियो । सो निर्णय सच्याइएकाे छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले निर्णय मौखिम रुपमा सच्चिए पनि लिखित निर्णय नआएको बताउनुभयो । दुई पाङग्रे सवारी सञ्चालनका सम्बन्धमा विवाद हुँदा ट्राफिक प्रहरीले अनावश्यक गाली खानुपरेको गुनासो उहाँले गर्नुभयो ।

सरकारको निर्णय एउटा तर व्यवहारमा अर्कै व्यवस्था लागू भएका कारण मोटरसाइकलमा सवार श्रीमान–श्रीमती र छोराछोरीसमेत झार्नुपरेको उहाँले बताउनुभयो ।
मोटरसाइकल र साइकलमा चालक मात्र निर्णय अव्यवहारिक हुनका साथै विरोध भएपछि सच्याइएको गृह मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?