logo
२०८१ फाल्गुन १९ सोमवार



हिल्सामा सीमा सुरक्षा चौकी स्थापना

प्रदेश |


हिल्सामा सीमा सुरक्षा चौकी स्थापना


राजन रावत

सिमकोट, असार ७ गते । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) औपचारिक रूपमा स्थापना गरिएको छ । आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी स्थापनाका लागि काठमाडाँैंबाट आएको टोलीले हिल्सामा पुगेर चौकीको स्थापना गरेपछि हुम्लावासीमा खुसियाली छाएको छ  ।
देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलोपटक सीमा सुरक्षा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रजाभक्त श्रेष्ठले जानकारी दिनुुभयो । उहाँले एक औपचारिक कार्यक्रमबीच सीमा चौकीको उद्घाटन गर्नुभयो ।
सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु बीओपीको पहिलो प्राथमिकता हुनेछ । त्योसँंगै अब चौकीले दुई देशविरुद्ध हुने गतिविधिको निगरानी राख्नेछ । यसअघि डीआईजी श्रेष्ठको टोली काठमाडौंँबाट नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम सिमकोट आएर हिल्सातर्फ गएको थियो ।
हाललाई चौकीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली बस्ने बताउँदै डीआईजी श्रेष्ठले कर्णाली प्रदेशका सीमा जोडिएका जिल्लामध्ये पहिलो बीओपी हुम्लाको हिल्सा नाकामा स्थापना गरिनु सरकारको प्राथमिकतामा परेर हो भन्नुुभयो । सीमा सुरक्षा चौकी अहिले भाडाको घरमा छ । शनिबारै चौकीका लागि यसअघि सिमकोट पुगेको बस्दोबस्तीको सामान, खाद्यान्न र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट हिल्सा ओसारिएको थियो ।
बीओपीको स्थापनाले सीमा नियमनमा महìवपूर्ण योगदान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । देशको सीमा जोडिएको स्थानमा सीमा सुरक्षा चौकी स्थापना हुनु हुम्लावासीका लागि गौरवको विषय भएको उहाँको भनाइ छ ।
मोबाइल तथा फोन सम्पर्क नहुने हिल्सामा सशस्त्र प्रहरीले सञ्चार सेटबाट सम्पर्क गर्नेछ । सीमामा व्यवस्थित रूपमा बीओपी स्थापना हँुदा हुम्लावासी खुसी भएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताउनुभयो । गत वर्र्ष नै निर्णय भएर पनि प्राविधिक कारणले चौकी स्थापना हुन सकेको थिएन । केही समयअघि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको टोली चार हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर हिल्सा पुगेको थियो । नेपाल–चीनका सीमा नाकामध्ये नाम्खा गाउँपालिकाको लाप्चा, सिमकोट गाउँपालिकाको चुवाँखोला र चङ्खेली गाउँपालिकाको टाँकेमा सीमा सुरक्षा चौकी अझसम्म स्थापना भएका छैनन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?