logo
२०८१ माघ २२ मंगलवार



पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

राष्ट्रिय |
पढ्नै पर्ने |


पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण


मुकुन्द गैरे
काठमाडौँ, भदौ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ)मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार, उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको रिपाेर्ट नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो ।
अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?