logo
२०८१ बैशाख ८ शनिवार

  नेकपाका दुबै खेमाका नेता निर्वाचन आयोगमा  



विवाद टुङ्गो नलागेसम्म दल दर्ता प्रक्रिया नबढाउन प्रचण्ड खेमाको सुझाव

राष्ट्रिय |


विवाद टुङ्गो नलागेसम्म दल दर्ता प्रक्रिया नबढाउन प्रचण्ड खेमाको सुझाव


सविता शर्मा
काठमाडौं, माघ १६ गते । निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगमा पुग्नुभएकाे छ । आयोगका पदाधिकारीसँग छलफल पछि प्रचण्ड पक्षका नेताहरु बाहिरिनुभएको छ भने ओली खेमाका नेताहरु छलफलमा रहनुभएको छ ।
आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानुभएको थियो ।

त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधान जानुभएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिहरुले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यकाबाहिर रहेकाले १८ गतेअघि कुनै बैठक बस्न नसक्ने र त्यस पछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनुभएको थियो ।
त्यस्तै नेकपाभित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको बैठकपछि राजेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?