logo
२०८१ बैशाख ७ शुक्रवार



मेलम्चीको पानी धोबीखोलामा खसालियो, आइतबारबाट घरघरमा पानी

राष्ट्रिय |


मेलम्चीको पानी धोबीखोलामा खसालियो, आइतबारबाट घरघरमा पानी
वायाँ पानी पठाउने कामको शुभारम्भ गर्दै मन्त्री थापा, परीक्षणका क्रममा धोवीखोलामा पठाइएको पानी ।


मुकुन्द गैरे
काठमाडौं, चैत्र १३ गते । मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच आज ( शुक्तबार) खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गर्नुभयो ।

आज मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले  जानकारी दिनुभयो । पहिलो दुई दिन चार करोड त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप