logo
२०८१ असोज ७ सोमवार



एमालेबाट रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित

राष्ट्रिय |
फिचर |


एमालेबाट रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित


गोरखापत्र अनलाइन

काठमाडौं, चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाका जानकीदेवी रामलाई निर्वाचित गर्ने निर्णय गरेको छ । आयोगको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहनुभएका रामको नाम भोलि बिहीबार संघीय संसद सचिवालयमा पठाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले गोरखापत्रलाई जानकारी दिनुभयो । एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सांसद सानु शिवाको निधन भएपछि रिक्त रहेको ठाउँमा रामलाई निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको थियो ।

दलित कोटामा बन्दसूचीमा रामभन्दा अगाडि रहनुभएका धनकुमारी सुनारले पार्टी परित्याग गर्नुभएपछि सो सूचीमा रामलाई अवसर प्राप्त भएको हो । राम निर्वाचित भएसँगै अव एमालेमा १२१ जना सांसद प्रतिनिधिसभामा कायम हुनुहुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?