logo
२०८१ माघ ६ आईतवार



भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणकाे निन्दा

राष्ट्रिय |


भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणकाे निन्दा


गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको आक्रमण निकै निन्दनीय भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । कोरोना महामारीको समयमा ठूलो जोखिम मोलेर दिनरात बिरामीको स्वास्थ्य सेवामा खटेका स्वास्थ्यकर्मीहरुमाथि भएको यसखाले कार्यको तत्काल छानबिन गर्न देउवाले माग गर्नुभएको छ । आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न आग्रह गर्दछु, उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत बताउनुभएको हो ।
कोरोना सङ्क्रमणका कारण बिहीबार राती एक जनाले ज्यान गुमाएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्ने लगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

यसैबीच नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जस्थित भेरी अस्पतालमा राती ड्यूटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथी भएको आक्रमणले दुःखी र गम्भीर बनाएको  जनाएको छ ।
भेरीको कोभिड वार्डमा उपचारको लागि भर्ना भएका एकजना सङ्क्रमितलाई स्वास्थ्यकर्मीले भेन्टिलेटरमा राखेर बचाउने  प्रयास गर्दागर्दै मृत्यु भएकोमा मृतकका आफन्तबाट आफ्नो जीवनको पर्वाह नगरी दिनरात मानवीय सेवामा खटिनुभएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोड हुुनु निन्दनीय भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
घटनामा संलग्न दोषीलाई यथाशिघ्र कानुनी कारबाही गर्न पनि नेकपा एमाले जिल्ला कमिटी बाँकेले माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?