logo
२०८१ माघ ६ आईतवार



उपेन्द्र यादवको निष्काशनले पार्टी थप एकतावद्ध र सशक्तः अध्यक्ष ठाकुर

राष्ट्रिय |
पढ्नै पर्ने |


उपेन्द्र यादवको निष्काशनले पार्टी थप एकतावद्ध र सशक्तः अध्यक्ष ठाकुर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का कार्यकारी अध्यक्ष उपेन्द्र यादव पार्टीबाट निष्काशनको घटनाले पार्टी झन एकतावद्ध र सशख्त हुने विश्वास दिलाउँदै पार्टी पङ्तिलाई एकतावद्ध हुन अपिल गर्नुभएको छ । अध्यक्ष यादवलाई निष्काशन गरेलगत्तै पार्टीको तर्फबाट विज्ञप्ती जारी गर्नुहुँदै अध्यक्ष ठाकुले सो अपिल गर्नुभएको हो ।
 
सरकारले मधेसको माग मुद्दा सुनुवाई गरिरहेको र अहिलेसम्म १३९ जनाको मुद्दा फिर्ता लिइसकेको, केही मुद्दा फिर्ता लिने प्रक्रियामा रहेको अध्यक्ष ठाकुरले प्रष्ट पार्नुभएको छ । उहाँले विज्ञप्तीमा भन्नुभएको छ, “नागरिकता सन्दर्भमा संविधान जारी भएको मितिदेखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता पाइरहेका थिएनन् । जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए । जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ ।” संविधान संशोधनको सवालमा पनि पहल भइरहेको र गृहकार्य गर्न कार्यदल गठन गरिएको बताउनुहुँदै अध्यक्ष ठाकुरले भन्नुभएको छ, “संविधान संशोधनको सवालमा उपेन्द्रजीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै परिणाम पनि देखिने छ ।”
आफूहरुले सरकारसँग वार्ता गरी मधेसको माग मुद्दा सम्बोधन गराइरहँदा त्यसलाई विथोल्न उपेन्द्र पक्षले न्वारनदेखिको बल लगाइरहेको चर्चा गर्नुहुँदै अध्यक्ष ठाकुरले उपेन्द्रको कार्यशैलीप्रति नागरिक सचेत रहेको बताउनुभएको छ । पार्टीको नामबाट प्रदेश २ मा जेठ १८ र १९ गते घोषित आन्दोलनको कार्यक्रममा आफूहरुको संलग्नता नरहेको पनि अध्यक्ष ठाकुरले प्रष्ट पार्नुभएको छ । कोभिड महामारीका बेला त्यस्तो गतिविधिमा नलाग्न र कसैलाई नलगाउन पनि उहाँले पार्टी पङ्तिलाई अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?