logo
२०८१ जेष्ठ २ बुधवार

  जनगणनाबारे टुङ्गाे लगाउन आइतबार बैठक बस्दै  



स्वास्थ्य मापदण्ड अपनाएर भए पनि गणक खटाउने साेचमा विभाग

राष्ट्रिय |


स्वास्थ्य मापदण्ड अपनाएर भए पनि गणक खटाउने साेचमा विभाग


छेटु शेर्पा
काठमाडौं, असार १२ गते । कोरोना भाईरस (कोभिड–१९) ले स्थगित भएको राष्ट्रिय जनगणना गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सरकारले अन्तिम निर्णय गर्ने भएको छ । यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ कार्यक्रम अघि बढाइएको कार्यक्रम स्थागित भए पछि तत्काल सम्पन्न गर्ने गरी निर्णय गर्ने तयारीका साथ बैठकको आव्हान भएको तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेको राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आइतबार साँझ ५ बजे बस्ने भएको छ । यो बैठकले जनगणनाको काम अघि बढाउने कि केही समयपछि सार्ने भन्ने छलफल गर्ने लामिछानेले बताउनुभयो । अर्थ, गृह, प्रधानमन्त्री कार्यालय, शिक्षा, वित्त आयोग, राष्ट्रिय योजना आयोगका सचिव र जनसंख्या शास्त्र, तथ्याङक शास्त्रका एक/एक जना विज्ञ सहितको समितिले जनगणना गर्ने नगर्ने विषयमा निर्णय गरी नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

मन्त्रिपरिषदबाट सिफारिस पास भएमा साउन र भदौभित्रमा गणना सक्ने लक्ष्य तथ्याङ्क विभागले राखेको छ । ९० प्रतिशत काम सम्पन्न गरी सकेको जनाउदै भोलिको बैठक र मन्त्रीपरिषद्ले दिएको निर्णयअनुसार काम अघि बढाउने पक्षमा विभाग रहेको लामिछानेले जानकारी दिनुभयो ।
कोभिडले पर सरेको गणना साउन भदौमा सम्पन्न नभए असोज र कात्तिम दशैतिहार र त्यस पछि स्थानीयतहको चुनाव गराउनुपर्ने हुन्छ । त्यसपछि २०७९ अन्तिममा पर्खनु पर्ने र त्यसपछि राष्ट्रिय चुनाव हुने भएकाले २०८० सालमा धकेलिने देखिएपछि आइतबारको बैठकले तत्काल स्वास्थ्य मापदण्ड अपनाएर भए पनि जनगणना गर्ने पक्षमा निर्णय हुने विभागले जनाएको छ ।

यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिने तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी रहेको छ । यता विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुक्ति प्रकृया समेत साउनबाटै शुरु गर्ने जनाएको छ । गणक नियुक्तिसँगै तालिम दिएपछि तत्काल फिल्डमा खटिइ गणना शुरु गर्ने लक्ष्य राखेको छ ।

यसअघिको कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने तथ्याङ्क विभागको अनुरोधमा मन्त्रीपरिषद्ले स्थगित गरेको थियो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरे पनि यो तालिम बीचैमा स्थागित भएको थियो । कार्यतालिका अनुसार वैशाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । १० वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?