logo
२०८० चैत्र १६ शुक्रवार



सगरमाथा आरोहण मार्ग ६४ सय मिटर पुग्यो

पर्यटन |


सगरमाथा आरोहण मार्ग ६४ सय मिटर पुग्यो


काठमाडौं, चैत २६ गते । यस वर्षको सगरमाथा आरोहणको मार्ग निर्माण ६ हजार चार सय मिटरसम्म सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भ¥याङ र डोरी टाँगेर दोस्रो क्याम्पसम्म पु¥याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिनुभयो । बिहीबारदेखि आरोहीहरुका लागि  दोस्रो क्याम्पसम्म आरोहणका लागि खुल्ला गरिसकेको शेर्पाले जानकारी दिनुभयो ।

आइसफल डाक्टर आङसार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्वा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा, छेवाङ नुरु शेर्पा र निमा ग्याल्जेन शेर्पाको टोलीले चैत ६ गते देखि आधारशिविरबाट आरोहण मार्ग निर्माण शुरु गरिएको थियो । आधारशिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुले जिम्मा लिएको छ ।

हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो चार देखि छ वटासम्म भ¥याङ जोडेर बाटो बनाउनुपर्ने बाध्यता रहेको शेर्पाले जानकारी दिनुभयो । गतवर्षहरुमा ४० देखि ५० वटासम्म भ¥याङ प्रयोग हुँदै आएपनि यस वर्ष भने ७० वटासम्म लाग्न सक्ने भन्दै संस्थाले तयारी गरेको उहाँले जानकारी दिनुभयो । खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ ।

दोस्रो क्याम्पदेखि चुचुरोसम्मको मार्ग निर्माण आरोहण सञ्चालक संघ अन्तर्गत सेभेन समिट ट्रेक्स निर्माणको जिम्मा लिएको छ । ११ हजार मिटर डोरी टाँगेर चुचुरो सम्मको बाटो निर्माण गर्ने गरी कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाको नेतृत्वमा टोलीले दोस्रो क्याम्पमाथि बाटो मर्मत शुरु गर्ने तयारी गरेको ट्रेकका निर्देशक छाङदावा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग प्रतिव्यक्ति सगरमाथा प्रदूषण नियन्त्रण समितिले छ सय डलर र आरोहण सञ्चालक संघले दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् । गत वर्षहरुको तुलनामा यस वर्ष सगरमाथा आरोहीको संख्यामा कमी आउने व्यवसायीहरुले जनाए पनि आएका आरोहीलाई मेको पहिलो सातासम्ममा आरोहण सम्पन्न गरी सक्ने गरी तयारी भएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?