logo
२०८१ बैशाख २६ बुधवार



नेकपा एमाले कार्यदलको बैठक १२:३० मा बस्दै

राष्ट्रिय |


नेकपा एमाले कार्यदलको बैठक १२:३० मा बस्दै


गोरखापत्र अनलाइन

काठमाडौं, असार २५ गते । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा १२ः३० मा बस्दैछ । कार्यदलको बैठक हिजो बिहीबार साँझ ७ बजेबाट आज बिहान ११:३० बजेसम्मको लागि स्थगित गरिएको थियो । तर, आज पनि कार्यदलको बैठक १ घण्टा सरेको संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । उहाँले बैठक आज पनि पार्टी एकतामै केन्द्रित रहने बताउनुभएको छ ।

त्यसो त, एमाले कार्यदलको बैठक सकारात्मक एवम् सहमति निकट भएको नेताहरुले बताउँदै आउनुभए पनि हिजो बिहीबार साँझ सिंहदरबारमा कार्यदलका नेता घनश्याम भुषालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताउनुभएको थियो । भुषाल एमाले नेता माधवकुमार नेपालको पक्षबाट कार्यदल बैठकमा सहभागी हुँदै आउनुभएको छ । तर नेता नेपाल समूहकै अर्का नेता गोकर्ण विष्टले कार्यदलको बैठक दिनहुँजसो प्रगति भएको भनाइ राख्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?