logo
२०८१ बैशाख २५ मंगलवार

  एमाले कार्यदल बैठक  



छलफल सकारात्मक छ, आजै केही सहमति हुनसक्छ : नेता पन्त

राष्ट्रिय |


छलफल सकारात्मक छ, आजै केही सहमति हुनसक्छ : नेता पन्त


गोरखापत्र अनलाइन

काठमाडौं, असार २५ गते । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी छ । शुक्रबार १२ः३० बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यदलका नेता शंकर पोखरेलले बताउनुभएको हो ।

नेता पोखरलले पार्टीभित्र सहमति खोज्नेगरी छलफलमा निरन्तर प्रयास भइरहेको बताउनुभयो । हामी आजै सहमति खोज्नेगरी छलफल गरिरहेका छौं, पोखरेलले जारी कार्यदलको बैठकबारे पत्रकारहरुसँग प्रतिक्रिया दिनुहुदै यसखाले संक्षिप्त जानकारी दिनुभएको हो ।

एमाले कार्यदलको बैठक हिजो बिहीबार साँझ ७ बजे बस्न सकेको थिएन । आजको कार्यदलको बैठकमा सहमतिको मिलनबिन्दु खोजिने नेताहरुले बताउदै आउनुभएको छ ।

यस्तै नेकपा एमाले कार्यदलका नेता रघुजी पन्तले पनि छलफल सकारात्मकरुपमा अघि बढिरहेको बताउनुभएको छ । उहाँले पार्टीलाई एकताबद्ध बनाउने ढंगबाट विभिन्न विषय र मस्यौदाहरु माथि छलफल भएको पन्तले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयाे, सम्भवतः आजै केही सहमति हुन्छ हाेला साेही अनुसार कार्यदलको बैठक जारी छ ।

सिंहदरबारमा जारी बैठकबारे पत्रकारहरुलाई जानकारी दिनुहुदै पन्तले बैठकमा नेताहरुको सल्लाह, सुझावहरुमाथि पनि छलफल भइरहेको बताउनुभएको हो । उहाँ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको बैठकमा सहभागी हुदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?