logo
२०८१ मंसिर १२ बुधवार

  जसपा विवादमा निर्वाचन आयोगमा सनाखत हुँदै  



यादवको पक्षमा ३४ जना सदस्यले सनाखत गरेकाे दाबी

राष्ट्रिय |


यादवको पक्षमा ३४ जना  सदस्यले सनाखत गरेकाे दाबी


गाेरखापत्र अनलाइन 

काठमाडौं, साउन ११ गते । पार्टीको आधिकारिकताका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले  निर्वाचन आयोगमा सनाखत गरिसक्नुभएको छ ।

अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य महोम्मद इस्तियाक राईले अहिलेसम्म अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरिसक्नुभएको जानकारी दिनुभयो ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी सदस्य छन् ।

राईका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि निर्वाचन आयोगमा ल्याउने तयारी रहेको बताउनुभयो । डिल्लीबजारस्थित कारागारमा रहेका सांसद चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको कार्यकारिणी सदस्य राईले जानकारी दिनुभयो ।

सांसद चौधरीले सनाखत गर्नुभएपछि यादव पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने उहाँले बताउनुभयो । यसअघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहनुभएको मनीष सुमन, नवलकिशोर साह, राजकिशोरलगायतका नेता यादव पक्षमा आउनुभएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?