logo
२०८१ मंसिर ६ बिहीवार



करिब ४४ लाख ५४ हजार नागरिकले खोपको पहिलो मात्रा लगाइसके

राजनीति |




काठमाडौं, साउन २५ गते । नेपालमा कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत आइतबार साँझसम्म ४४ लाख ५४ हजार जना नागरिकले खोपको पहिलो मात्रा लगाइसकेका छन् । यो कुल जनसङ्ख्याको १४.६६ प्रतिशत हो । त्यस्तै, दोस्रो मात्रा (पूर्ण खोप) २४ लाख २३ हजारले लगाइसकेका छन् ।

यो कुल जनसङ्ख्याको ७.९८ प्रतिशत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा स्वास्थ्य सेवा विभागका प्रमुख डा. झलक गौतमले बताउनुभयो । स्वास्थ्य सेवा विभागका प्रमुख गौतमका अनुसार खोपको पहिलो मात्रा पाउने र पूर्ण पाउनेको प्रतिशत पनि क्रमशः बढाउँदै लगिने छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गएको थियो । काठमाडौं उत्पकामा १७ वटासहित देशभर १२० केन्द्रबाट खोप दिइन शुरु गरिएको थियो । अहिले खोप केन्द्र बढेर एक हजार ४३३ पुगिसकेको छ ।

नेपालमा आइतबारसम्म करिब एक करोड आठ लाख ६० हजार कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो । थप खोपहरु ल्याउने तयारी भइरहेको जानकारी दिँदै उहाँले खोप खरिदका लागि अरु खोप कम्पनीहरुसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो । र, यसका लागि निरन्तर सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।

‘खोप खरिदका लागि नेपाल सरकारले सबै खालको तरिका अवलम्बन गरेको छ,’ उहाँले भन्नुभयो, ‘कोभ्याक्स सुविधाबाट हामीले केही खोपहरु पाउँदै छौं । यसका लागि हामीले प्रशासनिक प्रक्रियाहरु सबै पूरा गरिसकेका छौं । यस प्रक्रियाबाट हामीले केही खोपहरु प्राप्त गरौं र अरु प्राप्त गर्ने लाइनमा छौं ।’ त्यस्तै, साउन २५ गतेदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका करिब १३ लाख ६८ हजार नागरिकलाई जापानमा बनेकाे अष्ट्राजेनिकाको खोप दिँदैछौं । दश दिनभित्र उहाँहरुलाई खोप दिइसक्ने प्रमुख गौतमले जानकारी दिनुभयो । नेपाल सरकारले अहिलेसम्म भारत, चीन, अमेरिका, भूटान र जापानबाट खोप प्राप्त गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?