logo
२०८१ बैशाख २६ बुधवार



दायित्व परिवर्तन गरेका छैनौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल

राष्ट्रिय |
प्रदेश |


दायित्व परिवर्तन गरेका छैनौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल
जिल्ला समन्वय समिति तनहुँले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री पोखरेल । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, भदौ ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार परिवर्तन भए पनि दायित्व परिवर्तन नभएको बताउनुभएको छ । जिल्ला समन्वय समिति तनहुँद्वारा मुख्यमन्त्री पोखरेलको बिहीबार गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले सो कुरा बताउनुभएको हो ।
‘‘सरकार परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो तर पहिलेको सरकारले थालनी गरेको राम्रो कार्यको दायित्व परिवर्तन गरेका छैनौं’’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । सरकार परिवर्तन भएसँगै पहिलो योजना बाईपास हुँदैछन्, हिजोको सारा योजना कटौती गरियो भन्ने लागेको हुनसक्छ तर हामीले राम्रो कार्यलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । उज्यालो प्रदेश, एक घर एक धारा, विश्वविद्यालय बनाउने, प्रदेश प्रशिक्षण तथा संसद भवन बनाउने मेगा प्रोजेक्ट जस्ता विगतका कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । ‘‘सरकार परिवर्तन आफ्नो ठाउँमा छ तर दायित्व परिवर्तन हुँदैन मिलेर अगाडि बढिरहेको अवस्था छ’’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
बहुवर्षीय ठूलो योजना सरकार परिवर्तनले प्रभावित नहुने पोखरेलले बताउनुभयो । ‘‘हामीले हिजो सरकारले गरेका योजना पिकअप गरेका छौं, साथै नयाँ राम्रा योजनाहरु ल्याएका छौं, मुख्यमन्त्री पोखरेलले भन्नुभयोे ‘साधन, स्रोतले सिमित हुँदाहुँदै पनि अहिलेको जनताको जवलन्त समस्या समाधान गर्दै प्रदेश, स्थानीय र केन्द्रीय सरकार, समन्वयबाट सम्पन्न गर्नुपर्छ’’ । बाढी, परेको जस्ता प्राकृतिक प्रकोपबाट अरबौं क्षति भइसकेको उल्लेख गर्दै उहाँले घर पूर्ण क्षति हुनेलाई तत्काल एक लाख रुपियाँ बजेटको व्यवस्था प्रदेश सरकारले गरेको बताउनुभयो । केन्द्रीय सरकारसँग समन्वय गरेर र स्थानीय सरकारसँग मिलेर विपद सम्बन्धमा काम गरिने प्रतिबद्धता उहाँले गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री पोखरेलले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई पारदर्शी र छिटो र छरियो ढङ्गबाट काम गर्न निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?