logo
२०८१ भाद्र २२ शनिवार



दुई महिनामा ९० प्रतिशत वर्षा, शुक्रबारसम्म भारी वर्षाकाे संभावना 

राष्ट्रिय |


दुई महिनामा  ९० प्रतिशत वर्षा, शुक्रबारसम्म भारी वर्षाकाे संभावना 



काठमाडौं, भदौ ९ गते । अघिल्लो वर्षको तुलनामा यस वर्ष सरदरभन्दा बढी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन शुरु भए यता हालसम्म ९० प्रतिशत बर्षा भइसकेको विभागले जनाएको छ ।

विभागले दैनिक रुपमा २०० भन्दा बढी स्टेशनबाट बर्षाको मापन गरी मुख्य मुख्य २० वटा स्टेशनबाट संकलन गरिएको तथ्याङकअनुसार जेठ २८ गतेबाट भित्रिएको मनसुन अवधिदेखि हालसम्म  औसत वर्षाकाे  ९० प्रतिशत बर्षा भइसकेको जल तथा मौसम विज्ञान विभाग जलवायु विश्लेषण शाखाकी प्रमुख इन्दीरा कँडेलले जानकारी दिनुभयो ।

मनसुन अवधि भरी हुने औसत वर्षा १४ सय ०२ मिलिमिटर हो त्यस मध्ये अहिलेसम्म १२ सय ६६ मिलिमिटर बर्षा भएको उहाँले जानकारी दिनुभयो । विभागले मनसुन अवधि र बार्षिक बर्षालाई औसत रुपमा बर्षा मान्ने गरेको छ । यता विभागले २०० भन्दा बढी स्टेशनबाट ३० वर्ष यता देखिको अवधिको औसत बर्षाको तथ्याङकअनुसार सरदर बर्षाको मापन गर्नेगरेको छ । विभागले ३० वर्षको तथ्याङकलाई औसत बर्षाको रुपमा मान्दैआएको छ । प्रमुख कँडेलकाअनुसार ३० वर्षको औसत १७ सय ४६.५ मिलिमिटर बर्षालाई बार्षिक औसत बर्षा मान्ने गरिन्छ ।

शाखाकोअनुसार पूर्वमनसुन नेपाल भित्रिने गरे पनि यसवर्ष मध्य नेपाल र पश्चिम क्षेत्रमा बढी बर्षा भएको छ । नेपालमा जेठ १५ देखि साउन १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । जेठ १५ गते देखि असोज १५ गते को दुई महिनाको अवधिलाई मनसुन समय मान्ने गरिन्छ ।

नेपालमा जेठ २८ गतेबाट मनसुन भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा दुई दिन अघि हो । मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बुधबार आजदेखि शुक्रबारसम्म भारी बर्षा हुने संभावना रहेकाे बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?