logo
२०८१ बैशाख १७ सोमवार



सिरहा जिल्लामा प्रदेश सभाका निर्वाचित चारमा तीन नेकपा (एस)मा

प्रदेश |


सिरहा जिल्लामा प्रदेश सभाका निर्वाचित चारमा तीन नेकपा (एस)मा



जीवछ यादव
लहान, भदौ १९ गते । सिरहा जिल्लामा नेकपा एमालेबाट निर्वाचित चारमध्ये तीन जना प्रदेशसभा नेकपा (एकिकृत समाजवादी)मा खुलेका छन् । सिरहा–१ को (क)बाट निर्वाचाति लगनलाल चौधरी बाहेक सिरहा–१ को (ख) प्रदेशबाट निर्वाचित अशोक कुमार यादव, सिरहा–२ (क)बाट निर्वाचित मदनेसेन श्रीबास्तव र सिरहा –३ (ख)बाट निर्वाचित प्रमोद कुमार यादव एकिकृत समाजवादीमा खुलेका हुन् ।
सिरहाका १७ बटा स्थानीय तहमध्ये चार पालिकाहरु क्रमशः लहान नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकटि गाउँपालिका र नरहा गाउँपालिका जितेका नेकपा एमालेका जनप्रतिनिधिहरुमा लहान नगरपालिका पमुख मुनि साह सुँडी, उपप्रमुख सरियार कुमारी चौधरी, सुखीपुर नगरपालिका प्रमुख राम औतार यादव र उपप्रमुख सुनिता साह र नरहा गाँउपालिका अध्यक्ष रामशरण यादव र उपाध्यक्ष गुलावदेवी चौधरी नेकपा एमालेमा खुलेका छन भने सखुवानन्कानरकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमला देवी यादव पनि सो पार्टीमा खुलेका छन् ।
सिरहा–३ बाट निर्वाचित संघीय सांसद तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश २ का सहइन्चार्ज हुनुहुन्छ । केन्द्रीय सदस्यहरुमा गंगा प्रसाद यादव र रामरति राम नेकपा एमालेमा रहनुभएको छ भने पूर्व सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेको केन्द्रीय सदस्य रामचन्द्र यादव र पूर्व सामान्य प्रशासन मन्त्री तथा केन्द्रीय सदस्य धर्मनाथ प्रसाद साह पनि नेकपा एकिकृति समाजवादीमा लाग्नु भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख रहनु भएको धर्मनाथ यादव र प्रदेश सभाका समानुपातिक प्रदेशसभा सदस्य जगतारैन देवी साह नेकपा एमालेमा सक्रिय रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?