logo
२०८० चैत्र १५ बिहीवार



महली सागर बाँधका कारण नेपालीकाे खेत डुबानमा

राष्ट्रिय |
प्रदेश |


महली सागर बाँधका कारण नेपालीकाे खेत डुबानमा
सीमावर्ती क्षेत्रको महली सागर बाँधका कारण खेतीयोग्य जमिन डुबानमा । तस्विर नारद कोहार । तौलिहवा


नारद कोहार
तौलिहवा, भाद्र १९ । भारतले निर्माण गरेको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रका करिब तीन सय हेक्टर धान डुबानमा परेको हो । यशोेधरा गाउँपालिकाको लोहरौली गाँउदेखि भारतीय सीमा क्षेत्र सम्म र सोही गाउँपालिकाका र भगवानपुर गाँउदेखि पूर्व रंगपुर गाउँसम्मको खेतीयोग्य धान खेत डुबानमा पर्ने गरेका छन् ।
नेपाल तर्फको मसैया नालाबाट आएको पानीलाई भारतीय पक्षले सीमा क्षेत्रमा महलीसागर बाँधको निर्माण गरेर पानी रोक्न थालेपछि वर्षौंदेखि कृषकहरुले डुबानको समस्या भोग्दै आएका हुन् । भारतले नेपाली भूमिमा बाँधको पानी जम्मा गर्ने र आवश्यकता अनुसार भारतीय खेत सिंचाई गर्न पानीको उपयोग गर्दै आएको छ । बांधको निर्माणबाट भारतीय कृषकहरुलाई सिंचाई सुविधा प्राप्त भएको तर यहाँका कृषकहरुले भने नोक्सान भोग्दै आएको डुबानपीडित कृषकहरु बताउँछन् ।
यस वर्ष पनि कृषकले रोपेको धान गलेका कारण चौंथो पटकसम्म पनि रोपाईं गरेका छन् । उनीहरुलाई यसरी पटक पटक रोपेको धान डुबानका कारण गलेर पूर्ण नष्ट हुने हो कि भन्ने चिन्ता छ ।
महली सागर बाँधको डुबानका कारण उत्पन्न समस्या समाधानका लागि स्थानीय तहबाट वर्षेनी आवाज उठाउँदै आए पनि समस्या समाधान गर्नको लागि पहल नभएको यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लईस पठानले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?