logo
२०८१ बैशाख १६ आईतवार



डडेलधुरामा सुरु भयो नेपाली काँग्रेस वडा अधिवेशन

राष्ट्रिय |
प्रदेश |


डडेलधुरामा सुरु भयो नेपाली काँग्रेस वडा अधिवेशन


डडेलधुरा, भदौ २५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँंग्रेसको वडा अधिवेशन सुरु भएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिका विपरीत वडा अधिवेशन स्थगनको एक लौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिका अनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।
क्रियाशील सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा काँग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समूहले विपक्षि समूहमा अन्य नेतामाथि नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।
‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भन्नुभयो–धेरैजसो स्थानमा निर्बिरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।
सभापति मल्लले जिल्ला अधिवेशन भाड्न खोजे पनि उहाँकै समूहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुबै समुहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्वत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।
‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएको छ ’ नेपाली काँग्रेस सङ्गठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भन्नुभयो– ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिका अनुसार जाने हो, ब्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’
जिल्लामा अधिकांश भ्रातृ तथा शुभेच्छुक सङ्गठनले हिजै विज्ञप्ति निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । काँग्रेसकै केही नेताहरुले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दवाव दिएका थिए । तर, समितिले कुनै व्यक्तिको निहीत स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समुहले भने निर्वाचन प्रक्रियामा आफूहरुको असहमति रहेको जनाएको छ ।
अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका काँग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पाँच हजार ६ सय ४३ क्रियाशील सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?