logo
२०८१ जेष्ठ ३ बिहीवार



एमसीसी देश विकास र समृद्धिको दस्ताबेज हो : मन्त्री कार्की

राष्ट्रिय |
प्रदेश |


एमसीसी देश विकास र समृद्धिको दस्ताबेज हो : मन्त्री कार्की


सचिन पोख्रेल
कोशी टप्पु ( सुनसरी), असोज १ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष परिसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय स्थापना भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार एक कार्यक्रमका बीच सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले एमसीसी देश विकास र समृद्धिको दस्ताबेज भएकाले कार्यान्वयनमा सबैले सहयोग गर्ने आग्रह भएको थियो । उहाँले पछिल्लो समय सर्वत्र वहसको विषयम बनेको एमसीसी पारित गर्न सके देशको समृद्धि र विकासमा अहम टेवा पुग्ने धारणा पनि व्यक्त गर्नु भयो ।
मन्त्री कार्कीले नेपालको सकरात्मक विकास परियोजनालाई राजनैतिकरण गरेको भन्दै नेपालको वैदेशिक सहायतामा अहिलेसम्मको ठूलो सहयोग भएकाले राजनैतिक दलसँगै सबैले यसको कार्यान्वयनमा सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
यस्तै संसदमा पछिल्लो समय देखिएको गतिरोधको विषयमा बोल्दै उहाँले अहिले देशलाई राजनैतिक स्थायित्व चाहिएको प्रष्ट्याउनु भएको छ । संसदमा अवरोध भन्दा बहस गर्न आवश्यक रहेको बताउँदै संसदमा देखिएको गतिरोध हट्ने संकेत मिलेको जानकारी दिनुभयो । वर्तमान सरकार गठबन्धनको सरकार भएकाले सबैको मर्म र भावना अनुरुप नेपालको विकासमा प्रतिवद्ध रहने मन्त्री कार्कीको भनाइ थियो ।
मन्त्री कार्कीले जनतालाई सकरात्मक विकासको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको पनि स्पष्ट पार्नुभएको थियो । कार्कीले कार्यालय स्थापनाले लामो समयदेखि जंगली जनावरको सास्ती खेपिरहेका कोशीटप्पु आसपासका बासिन्दाको समस्या न्युनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मानव–वन्यजन्तु द्वन्द्व अन्त्यका लागि संरक्षण केन्द्रले अहम भूमिका निर्वाह गर्ने बताउनु हुँदै उहाँले कार्यालय सञ्चालनको क्रममा सहयोग गर्न स्थानीयबासीलाइ आग्रहसमेत गर्नुभएको छ ।
‘मानव सभ्यता र जंगली जनावर वीचमा जुन द्वन्द्व छ, त्यो द्वन्दबाट समाजलाई कसरी मुक्ति दिने, उनिहरुलाई पनि कसरी सुरक्षित राख्ने र हामी पनि सुखी र सुरक्षित कसरी बन्ने त्यसबारेमा हामीले लामो छलफल गरेका छौँ’, मन्त्री कार्कीले भन्नुभयो । यही सन्दर्भमा केही दिनअघि कोशी टप्पुमा एक कार्यक्रममा आउँदो स्थानीयलाई यहाँ हुने जंगली जनावरको आतंकबाट मुक्ति दिलाउन आफुले प्रयास गर्ने विषयमा गरेको प्रतिवद्धता अनुसार वन मन्त्रालयको समन्वयमा कार्यालय स्थापना गरिएको उहाँको भनाइ थियो ।
जंगली जनावर र मानव समुदायबीचको द्वन्द्व निराकरणमात्र होइन, वन्यजन्तु र प्रकृतिको संरक्षण र संवद्र्धनमा पनि यो कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, मन्त्री कार्कीले भन्नुभयो । प्रदेश एकमा पहिलो पटक कोशी टप्पुमा नै संरक्षण केन्द्र स्थापना भएको बताउनु हुदै उहाँले जंगली जनावरको आतङ्क न्यूनीकरणको लागि ति जनावर मार्न बारम्बार आवाज उठ्ने गरेको तर प्रकृति र वन्यजन्तुको विनासले समस्याको समाधान नहुने र अब सबै मिलेर त्यसको दीर्घकालीन समस्या समाधानका विषयमा लाग्नुपर्नेे मन्त्री कार्कीले बताउनु भयो ।

संरक्षण कोषले आठौंँ कार्यालयको रुपमा कोशी संरक्षण केन्द्रको रुपमा स्थापना गरेको कार्यालयको उद्घाटन कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनाल र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कोशीटप्पु स्थापनाकाल देखिनै जंगली जनावरको आतंक र पीडाबाट त्रसिद र दुखी यहाँका स्थानीयले अब राहत महसुस गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
नवस्थापित संरक्षण केन्द्रले मानव–वन्यजन्तु द्वन्दको विषयलाई संस्थागत गर्दै समस्या समाधारनका लागि ‘डेडिकेटेड रेस्क्यू सेन्टरको’ रुपमा काम गर्ने बताइएको छ । कार्यालयले आरक्ष क्षेत्रका समस्या समाधानका लागि नीति निर्माणमा सहयोग गर्नुका साथै वन्यजन्तुको आक्रमणबाट पीडित भएकाहरुको उपचार र आवश्यक क्षतिपूर्तिको व्यवस्थासमेत गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?