logo
२०८१ मंसिर ८ शनिवार



देशलाई निकास दिन जरुरीः नेता पौडेल

राष्ट्रिय |
प्रदेश |


देशलाई निकास दिन जरुरीः नेता पौडेल


अमरराज नहर्की
तनहुँ, असोज १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमा काम सम्पन्न गरेर देशलाई निकास दिन जरुरी रहेको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले आईतबार काँग्रेस व्यासनगर कार्य समितिको आयोजनामा गरिएको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

‘‘सरकार बनेको तीन महिना हुन लागिसक्यो तर पूर्णता पाएको छैन, समयमा काम नगर्दा देशलाई निकास र विकास दिन कठिन हुन्छ’’ वरिष्ठ नेता पौडेले भन्नुभयो । पार्टी अधिवेशन ढिलो सुरु भएकाले अप्ठ्रो भएको बताउनुभयो । निर्वाचन आयोग, अदालत र जनतालाई हामीले सुरु गरिसक्यौं है भन्नुपरेको छ उहाँले भन्नुभयो, “समयमा काम सम्पन्न गर्न सकेको भए डराउनु पर्ने अवस्था थिएन ।”

न्याय निश्पक्षाता र पारदर्शी मूल्याङ्कन गरिनुपर्ने उहाँले बताउनुभयो । गुटको आधारमा नभई जनता र देशको पक्षमा निश्पक्ष भएर काम गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । त्यसको मूल्याङ्कन जनताले गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपालको पहिचान बैदिक सनातन हिन्दुधर्म मूल्य र मर्म भएकोले यसलाई पार्टीले अङ्गीकार गरी महाधिवेशनमा मूल एजेण्डा बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?