logo
२०८१ बैशाख २३ आईतवार



कपिलवस्तुमा झाडापखालाकाे प्रकाेप , दुईजनाको मृत्यु

राष्ट्रिय |


कपिलवस्तुमा झाडापखालाकाे प्रकाेप , दुईजनाको मृत्यु



जानु पाण्डे
कपिलवस्तु, असोज १९ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । झाडा पखालाको कारणले वडा नं. ९ बहादुरगन्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनीष गुप्ताले बताउनुभयो ।
वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन सकेको छैन । नगरपालिका वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनुभयो । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?