logo
२०८१ मंसिर ११ मंगलवार

  दृश्य समाचार  



दशैंमा मासु धेरै तताउने, चिस्याउने र फ्रिजमा कोचेर राख्न हुन्न

राष्ट्रिय |
समाज |


दशैंमा मासु धेरै तताउने, चिस्याउने र फ्रिजमा कोचेर राख्न हुन्न


महिमा देवकोट, दृश्यमा मनोजरत्न शाही
काठमाडौँ, असोज २० गते । दशैँ, तिहार नजिकिदै छ दशैंमा नेपाल मासुको खपत बढी हुन्छ तर दशैंमा त्यसको लागि उपभोक्ताहरु आफै सचेत रहन जरुरी रहेको पशुरोग विज्ञको भनाइ छ ।
पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा.सूर्यप्रसाद पौडेलले मासु वा कुनै पनि पशुपंक्षी किन्दा उपभोक्ताले पशु स्वस्थ छ छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । अफूले मासुका लागि खरिद गर्ने पशुको जिब्रो, शारीरिक अवस्थाको अवलोकन गर्न उहाँले आग्रह गर्नुभयो ।


मासुलाई स्वस्थ राख्न तताउने, चिस्याने नगर्न र फ्रिजमा कोचेर राख्न नहुने तथा आन्द्र भुडीमा कीटाणु धेरै हुने हुँदा खसी बोका काट्दा सबैभन्दा पहिले भुँडी निकाल्न सुझाव दिनुभयो ।

काटेको मासुलाई बाहिरी सम्पर्कमा कम राख्न, छाला निकाल्दा मासुमा नछुने गरी निकाल्न, मासु पखाल्दा पानीको ध्यान दिन, भुँईमा राखेर मासु काट्न नहुने उहाँको सुझाव छ ।
यसरी पखाल्नेदेखि खानेसम्मले मासुमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ । मासुको लागि जनावरलाई ओसर्दा ढुवानीमा अमानवीयय व्यवहार गर्न नहुने उहाँले बताउनुभयो । तर काठमाडौँ उपत्यकामा आउने खसी बोका धेरै टाढाबाट ल्याउनु नपर्ने हुँदा त्यस्तो समास्या नआउनेमा उहाँ विस्वसतः हुनुहुन्छ ।
दशैंतिहारमा मासुको खपत बढी हुने देखिएपछि विभागले आपूर्तिको व्यवस्था पनि गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मठ मान्दिरमा बली चढाउन खसीबोका चाहिने हुनले मासुको खपत बढी हुने खेखिएको हो ।
अहिले दैनिक एक हजार खसीबोका चाहिने काठमाडौँमा दशैँ, तिहारमा ४० हजार जति खपत हुने देखिएको उहाँको भनाइ छ । यो समयमा माछा ७५ मेट्रिक टन खपत हुने अनुमान रहेकाले माग बढ्ने छ । मागअनुसार पशु सेवा विभागले आपूर्ति गर्ने तयारी गरेको पौडेलले बताउनुभयो ।

मासुको लागि पहिलो कुरा स्वस्थ हुनु हो । तर खराब प्रवृतिका केही मानिसहरु अस्वस्थ पशु बिक्री गर्ने गरेको र जनावरको स्वास्थ्य परिक्षण गर्दा स्वास्थ देखिएकोलाई हरियो, अस्वस्थलाई रातो टाका विभागले लगाउने गरेको छ । उहाँले परिक्षण गर्दा अस्वस्थ जनावर फेला परेमा औषधि गरेर ठीक भएपछि बजारमा पठाउने गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?