काठमाडौं, असोज २१ गते । सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक सम्पन्न भएकाे छ । मन्त्रिहरूकाे नामा टुङ्गाे लगाउने भनिए पनि भाेलि बस्ने केन्द्रीय सचिवालय बैठकले मात्र मन्त्रीहरूकाे नाम टुङ्गाे लगाउने भएकाे छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार भोलि बस्ने केन्दीय सचिवालयको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ । प्रवक्ता खतिवडाले अहिलेसम्म शहरी बिकास, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन र श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेकपा एसले पाउने सहमति भएकाे र यसमा भाेलिसम्म केही परिवर्तन हुन पनि सक्ने बताउनुभयाे । साथै पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उहाँले जानकारी दिनुभयो ।