काठमाडौं, असोज २२ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारमा पठाउने नेता एवम् मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवा मक्ष बुझाएको छ ।
नेकपा (एस)ले प्रेम आलेलाई शहरी विकास मन्त्रालय, विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामकुमारी झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा तोकिएको नेकपा (एस)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
यसैगरी नेकपा (एस)ले भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको खतिवडाले बताउनुभयो ।