logo
२०८१ मंसिर ७ शुक्रवार



प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यद्वारा राजीनामा घोषणा

राष्ट्रिय |
राजनीति |


प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यद्वारा राजीनामा घोषणा


काठमाडौं, कात्तिक १५ गते । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिनुभएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिनुभएको हो ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रदेश सभा बैठकमा आज उहाँको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर, बहुमत नपुग्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेसभामा सभामुखसहित एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओपादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना प्रदेश सांसद हुनुहुन्छ । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?