logo
२०८१ मंसिर १५ शनिवार



चौधौं महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छः नेता सिंह

राष्ट्रिय |


चौधौं महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छः नेता सिंह


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चौधौं केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ । सोमबार पार्टीको भेटघाट कार्यक्रममा सिन्धुलीमा बोल्दै नेता सिंहले सो कुरा बताउनुभयो ।

काँग्रेसको तेह्रौ महाधिवेशनपछि पार्टीका कार्यक्रमहरु प्रभावकारीरुपमा अगाडि बढ्न नसकेको पनि उहाँले बताउनुभयो । आगामी महाधिवेशनबाट आगामी चुनौतीलाई सामना गर्न सक्ने पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्न पनि नयाँ नेतृत्व चयन हुनुपर्ने उहाँले बताउनुभयो ।

लोकतान्त्रिक व्यवस्थालाई संस्थागत एवम् सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने सिंहले बताउनुभयो । चौधौं महाधिवेशनमा सभापतिमा आफूले उम्मेदवारी दिने उहाँले पुनः दोहोर्याउनुभयो । आफूले तल्लो तहदेखि नै पार्टीमा सेकेण्ड म्यानसम्म भएर काम गरिसकेकाले यस पटक सभापतिमा उम्मेदवारी दिने प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?