काठमाडौं, कात्तिक २२ गते । सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा संलग्न हुनुभएको बाहेक सबै इजलासमा बन्दी प्रत्याक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश जबराले आजका लागि छ वटा इजलास तोक्नुभएको थियो । जबराले दुई एकल र चार वटा संयुक्त इजलास तोक्नुभएकोमा सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ भएको छ ।
तर, प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालको साथमा आफूलाई संलग्न गराउनुभएको संयुक्त इजलामा भने सुनुवाइ नभएको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चका अनुसार आज सुनुवाइ भएका मुद्दामध्ये एक मुद्दामा मिसिल कागज झिकाउने आदेश, दुई मुद्दामा कारण देखाऊ आदेश, एक मुद्दामा रिट खारेज र एकमा अन्य आदेश जारी भएको छ ।